• २०८१ माघ ११ गते शुक्रवार

निषेधाज्ञा उल्लंघन गर्ने दुई सय बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौँ । जारी निषेधाज्ञा उल्लंघन गर्ने दुई सय बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कोटेश्वर, बानेश्वर, जावलाखेललगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

सवारीसाधनलाई पक्राउ गरी मानिसहरूलाई फर्काइएको र पक्राउ परेका सवारीसाधनलाई भोलिदेखि ननिस्कन अनुरोध गरी साँझ छाडिने बताइएको छ ।परिसरका अनुसार ४३७ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई पहिलो चरणमा सम्झाएर घर फर्काइने र पटक(पटक उल्लंघन गरे संक्रामक रोग ऐनअनुसार कारबाही गरिने परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस