भदौ ४,दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाही नाका स्थाई घर भएकि हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) निवासी ३५ बर्षिय कमला बिकको चलिरहेको एम्बुलेन्सबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।चलिरहेको एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकि बिकको आजराती कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । उनी बुधबार नेपाल गञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै लडेकी थिईन ।
कसरी लडिन कमला
कमला सँगै एम्बुलेन्समा अन्य २ जना सवार थिए ।
उनिहरु नेपाल गञ्जबाट उपचार गरेर घर फर्किदै थिए । कमला स्वयम् बिरामी भएको बुझिएको छ । लमही-७ बनघुस्री चोकमा पुगेपछी कमलासँगै सवार अन्य २ जना झर्नुपर्ने भएकाले एम्बुलेन्स रुक्यो । कमला बाहेक अन्य सवार २ जना ओर्ल्यो। उनी झर्ने स्टेसन अलि पर नै थियो । प्रत्यक्षदर्शी किशोर घर्तीका अनुसार एम्बुलेन्स रुकिएर चल्नेक्रममा पछाडीको ढोका आफै खुलेर उनी सडकमा पछ्छारेकि थिईन । ढोका खुलेर नलागेको अबस्थामा सोही ढोकामा कमला अडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।