भदौ ४, काठमाडौँ । टोखा नगरपालिकाले कोरोना पोजेटिभ देखिएका होम आाइसुलेनमा बस्न चहाने सङ्क्रमित व्यक्तिलाई सन्तुलित भोजनका लागि प्रति व्यक्ति प्रतिदिन ३५० परुपियाँ उपलब्ध गराउने भएको छ । प्रति वडामा खटिएका बढिमा १५ जना सम्म स्वयम्सेवकका लागि कोरोना बीमाको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधआज्ञा पूर्णरुपमा पालना गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ नगरपालिकाले नगर क्षेत्रभित्र आइसुलेशन कक्ष निर्माण तथा व्यवस्थापन लागि सामान खरिद गर्नका लागि नगर प्रमुखज्यू समक्ष सिफारिसका लागि उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा ९ सदस्यीय कमिटि निर्माण गरेको नगरपालिका उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो ।