भदौ ४, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १८९ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ लाख ७६ हजार २६३ पुगेको छ ।यस्तै एकैदिन थप ४३ हजार १९४ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ९९ हजार १६८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३० लाख ६० हजार ५१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ६२ हजार ३६५ जनामध्ये १६ हजार ९६९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।