• २०८१ माघ ८ गते मङ्गलवार

गोली हानी पुजारीको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४ ,रौतहट । प्रहरीका अनुसार रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गएराति ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।मन्दिर अगाडि खाना खाने तयारी गरिरहेका बेला पुजारी साहलाई कन्चटमा गोली हानेर सो समूह फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हत्याराको खोजी जारी रहेको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस