• २०८१ जेष्ठ ३१ गते बिहिवार

थप १८६ जना कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप १८६ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । यो सगैं कुल संक्रमित संख्या १७ हजार ८४४ पुगेको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप संक्रमितमा पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४/४ जना, झापा र सल्यानका ३/३ जना, धनुषा, तनहुँ, र दैलेखका २.२ जना तथा इलाम, मोरङ, सिराहा, लमजुङ, हुम्ला, कालीकोट र कैलालीका एक-एक जना संक्रमित रहेका छन् ।

मन्त्रालयका अअनुसार पछिल्लो २४ घण्टामा थप १७३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस