• २०८२ जेष्ठ ७ गते मङ्गलवार

घोडाघोडी मन्दिरमा भक्तजनको भिड, कोरोना संक्रमणको डर

खगेन्द्र अबस्थि पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, कैलाली । कैलालीको घोडाघोडी मन्दिरमा साउन महिना लागे लगत्तै सद्धालु भक्तजनहरुको घुइचो लागेको छ। साउन महिना लागेर घोडाघोडीमा घुइचो लागेको पुजारी सङ्कर प्रसाद सञ्जालले जानकारी दिनु भयो ।

साउनमा वर्त बसे श्रीमानको आयु लामो हुन्छ भनि साउन महिनाको हरेक सोमबार भगवान शिवको मन्दिरमा महिलाहरू पुजा आर्जन गर्ने गरेका छन । यता कोरोना कहर र मन्दिरमा मानिसको घुइचो लागेर हामीहरू असुरक्षित छौ । ”को मानिस कस्तो छ थाहा हुदैन, हामीलाई कोरोना लाग्ने पो होकि भनेर पुजारीहरू डरै डरले काम गरिरहेका छौ” पुजारी सञ्जालले बताउनु भयो।

हामीहरू असुरक्षित छौ र सामाजिक दुरि कायम गरि पुजा आर्जन गर्नुस भनेर जनतालाई सचेत गराई रहेका छौ तर जनताहरू मान्दैनन हामी पो कोरोना सङ्क्रमित हुने हो कि भन्ने डर छ पुजारी सञ्जालले जानकारि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस