• २०८२ बैशाख २९ गते सोमवार

लगातारको बर्षाले राप्ती नदीमा पानीको सतह बढ्यो, सतर्क रहन सिडियोको आग्रह

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार ६, बाँके । बाँकेमा राप्ती नदीले खतराको तह पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । बाढी मापन केन्द्र कुसुममा गरिएको मापनमा बेलुकी ६ बजे पानीको सतह ५ मिटर ६३ सेन्टिमिटर पुगेको छ ।

पानीको सतह बढ्दै गएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । दाङ, रोल्पा, प्युठान लगायतका क्षेत्रमा लगातार वर्षा भइरहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस