• २०८२ जेष्ठ २ गते बिहिवार

शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं । शनिवार शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार विभिन्न रोगबाट पिडीत उनको शनिबार २ः४५ बजे काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

पारिवारीक स्रोतका अनुसार जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगिएको थियो । तीन सातादेखि छातीमा समस्या देखिएको कारण जोशी अस्पताल भर्ना भएकी थिइन् । आज नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टी गरिने छ ।

प्रतिक्रिया दिनुहोस