असार ६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बितेको २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार थप सक्रमितहरुमा ४९ महिला र पुरुष २८२ जना रहेका छन । यस्तै बितेको २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएका छन ।