जेठ ७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बाँकेमा ६ जना, नवलपरासीमा १ जना, कपिलवस्तुमा १३ जना र धनकुटामा ५ जना रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।