• २०८२ जेष्ठ २ गते बिहिवार

नेपालको नयाँ नक्सा सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ७, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले औपचारीक नेपालको नयाँ नक्सा सार्वजनिक गर्नुभएको छ ।भारतले अतिक्रमण गरेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितको नेपालको ऐतिहासिक नयाँ नक्सा सार्वजनिक गरिएको हो ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले यो भुमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो । मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको र आज सार्वजनिक गरिएको हो । यो सँगै नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्गकिलोमिटर भएको छ । अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनितिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ । नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

नेपालको नयाँ नक्सा सार्वजनिक सँगै भारतसँग सीमा विवादको समस्या समाधान गर्न कुटनैतिक तवरले वार्ता तथा छलफल गरी समस्या समाधान गर्ने समेत बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदलाई सम्बोधन गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यो फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

केही समय अघि भारतले नेपाली भूमि समेटेर आफ्नो नक्सामा समावेश गरेको थियो । त्यती मात्र नभई नेपाली भूमि लिपुलेकबाट चीनको मानसरोवर जाने सडक समेत उद्घाटन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस