• २०८२ जेष्ठ २ गते बिहिवार

कटुवा पेस्तोल, गोली र लागूऔषधसहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ७, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट कटुवा पेस्तोल, गोली र नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बिआर ५० पि १२४१ नम्बरको स्कारपिओ गाडी जाँच गर्ने क्रममा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१४ बस्ने ३६ वर्षीय कृष भन्ने कृष्ण कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्ड तथा नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी २५ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ५ सय ७६ ट्याब्लेट, नाइट्रोसम १ सय ६० ट्याब्लेट र नाइट्राभेट ७५ ट्याब्लेट सहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस