जेठ ७, रुपन्देही । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने समाचा् गलत भएको अस्पतालले जनाएको छ । केही सञ्चारमाध्यममा उनको मृत्यु भएको भन्दै समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
विज्ञप्ती