प्रधानमन्त्री भन्नुहुन्छ “नेपालको भुभाग फिर्ता ल्याएरै छाड्छौ ।” चीन भन्छ “त्रिदेशीय बिन्दुमा एकपक्षीय काम नहोस ।” भारत भन्छ “त्यो भाग हाम्रो होू आखिर चीनले भनेको कुरा भारतले एकलौटीरुपमा निर्णय गर्नु गलत हो ।”, बिज्ञ भन्छन “नेपालको भुमी हो भन्ने कुराको प्रमाण प्रशस्त भएकोले नेपाल डराउनु पर्दैन ।”
अब म त भन्छु कि बीरताको गाथामा कुनै ब्यथा नलागोस, त्यो भाग हाम्रै हो । भारत एक हेपाह साढे नै हो जो बगलसंग मिलेर बस्न नसक्ने १ इतिहासतिर फर्केर हेर्ने हो भने आंखामा आँसु नआउने नेपाली को होला र ती भारतीय दलाल पार्टी बाहेक रु त्यसैले हरेक समस्यामा अर्को समस्या खडा गर्ने देस भारत हो । हेर्नुहोस त बिगतको २७ सालमा राजा महेन्द्रले भारतीय चौकी हटाउदा नाकाबन्दी, ४५ सालमा राजा बीरेन्द्रले चीनबाट हतियार ल्याउंदा भुकम्पले थला परेको मुलुकमा नाकाबन्दी, ७२ सालको संबिधान उसको अनुकुल नबनाउदा भुकम्पको बेला नाकाबन्दी । अनि अहिले विस्वब्यापी कोरोना महामारी हुदा सुटुक्क उसको अधिकारबीहिन ठाउमा बाटो उद्घाटन १ अनि सेना प्रमुखको बक्तब्य १
त्यसैले चीनको जवाफ ठीकै हो । अब सीमाना छुट्याइ बार बन्देज गर्नुपर्छ त्यो भन्दा पहिला कोरोना महामारी बिरुद्दमा ब्यबस्था राम्रो र ब्यबस्थित गर्नुपर्यो । भद्दा क्वारेन्टाइन होइन कि बिदेसबाट आउने नेपालीको लागि समेत सहज हुने क्वारेन्टाइन बनाइ उपचार सामाग्री उपलब्ध गराउने र लकडाउन लम्बिदै जादा भोक, अन्य प्रकृतिका रोग लागेका मानिसहरुको पनि पहिचान गरि राहततिर पनि ध्यान दिनु जरुरी छ ।