• २०८२ जेष्ठ १ गते बुधवार

विश्व स्वास्थ्य संगठनको महासभामा स्वास्थ्यमन्त्रीद्वारा नेपाली भाषामा सम्बोधन(भिडीयो सहित)

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले अङ्ग्रेजीमा आफ्नो मन्तव्य दिने गरेकामा विश्व स्वास्थ्य सङ्गठनको ७३औँ विश्व स्वास्थ्य महासभालाई नेपाली भाषामा नै सम्बोधन गरेका छन् ।

कोभिड–१९ को कारणले महासभा यसपटक भर्चुअल भएको थियो । यसअघिका महासभामा नेपालबाट सहभागी मन्त्रीले अङ्ग्रेजीमा नै सम्बोधन राख्ने गरेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा चीन, भारतलगायत देशले आफ्नो भाषा प्रयोग गर्ने गर्दछ । सम्बोधनका क्रममा उनले कोभिड–१९ विरुद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका थिए । सोमबारदेखि शुरु भएको महासभा आज राति सकिँदैछ ।

 

प्रतिक्रिया दिनुहोस