बैशाख ०८, रोल्पा । थबाङ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएका नौ जनाको रिर्पोट नेगेटिभ आएको छ । श्री वीर बलभद्र नमुना मा.वि थबाङ र श्री भानुभक्त मा.वि उवाको क्वारेन्टाइनमा रहेका दस जना मध्ये नौ जनाको र्यापिड टेस्ट (आरडिटी) परिक्षण गर्दा सबैको रिर्पाेट नेगेटिभ आएको हो ।
भारत र नेपालको विभिन्न ठाँउबाट आएका नौ जनालाई जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत अनिल केसीको नेतृत्वमा थबाङ आएको टोलीले ¥यापिड टेस्ट (आरडिटी) परिक्षण गरेको थियो । दस जना मध्ये एक जनाको आरडिटी परिक्षण गर्न वाकी रहेको थबाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुनले बताउनु भयो । हामीले १४ दिनको क्वारेन्टाइन पश्चात थबाङको क्वारेन्टाइनमा राखिएकाहरुलाइ घर पठाएका थियौ तर पछि आरडिटी गर्ने समयमा उहाँ हाम्रो सम्पर्कमा आउनु भएन र उहा सम्पर्कमा आउन वित्तिकै आरडिटी परिक्षण गरिने संयोजक पुनले बताउनु भयो । आरडिटी टेस्टले शरिरमा भएको एंटीबडी क्षमताले भाइरस सँग लड्ने क्षमता भए नभएको रिर्पाेट देखाउने गरेको स्वास्थ्य संयोजक पुनले बताउनु भयो ।