• २०८० असोज ११ गते बिहिवार

सशस्त्र प्रहरीद्धारा रौतहटमा गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, रौतहट । रौतहटको गुजरा नगरपालिका–४ जंगलसैया नजिकै लालबकैया खोला छेउमा सशस्त्र प्रहरीको गस्तीटोलीले ९ किलो ५०० ग्राम गाँजा लागूऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरीको गाडी देखेपछि टाढैबाट पोका फालेर मोटरसाईकल चालक भागेपछि शंका लागेर चकजाँच गर्दा उक्त गाँजा बरामद भएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ । आवश्यक कारबाहीको लागि बरामद गाँजा जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस