• २०८० चैत्र ३० गते शुक्रवार

६ वर्षको बालिका जबरजस्ती करणी गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, नुवाकोट । लिखु गा.पा वडा नं. ०४ चौघडा स्थित मामाघरमा बस्दै आएकी बर्ष ६ बाालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बर्ष ६० का कृष्ण पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

शिबपुरी गा.पा वडा नं.०५ घरभई हाल मामाघर आएकी बालिकालाई पण्डितले बिभिन्न प्रलोभन देखाई करणी गरेको भन्ने बालिकाको हजुरआमाले करणी सम्बन्धी कसुर (जबरजस्ती करणी उद्योग) शिर्षकमा किटानी जाहेरी दिएको आधारमा पक्राउ गरिएको हो । पण्डितलाई नुवाकोट जिल्ला अदालतबाट थप अनुसन्धानको लागी दिन १५ को म्याद थप गरि गरि अनुसन्धान भैराखेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस