• २०८० असोज ५ गते शुक्रवार

लकडाउन लम्बिएपछि मुगुका स्थानीयबासी खोला र जंगलतिर भरिभराउ

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ९, मुगु । कोरोना भाइरस रोकथामकालागि सरकारले लागु गरेको लकडाउनलाई बजार क्षेत्रमापालन गरेको पाइएपनि गाँउघरमा भने स्थानियवासीहरु गाँउनजिककाखोला र जङ्गलमा भरिभराउहुने गरेका छन् । कोरोना भाईरसको रोकथामकालागि सरकारले गरेको लकडाउनलाई पालन गर्न जिल्लाका चारै स्थानियतहले कडाई गरेका छन् ।

घर बाहिर ननिस्किन सम्बन्धितपालिकाका वडापालिका प्रहरी चौकीले दिनहुँमाईकिङ्ग गरेका भएपनि लकडाउनको उलंघन गर्दै सर्वसाधरण खोलामा माछा मार्न र जङ्गलमा घुच्चि च्याउखोजी गर्न भरिभराउ हुने गरेका हुन । हरेकबर्ष चैत्र देखि बैशाखमहिनाको अन्तिमसम्म जिल्लाका चारै स्थानियतहका सर्ब साधरणहरुका लागी घुच्चि च्याउ संकलन गर्ने उपयुक्त सिजन हो ।

गाँउ नजिक नदि तथा खोला भएकागाँउलेहरुका लागी खोलामा माछा मारेर बजारमा बिक्रि गरी घरखर्च जोहो गर्नेहरुका लागी फागुन देखि बैशाख सम्मको समय उपयुक्त मानिने गरेको छ ।

सरकारले कोरोना भाईरस रोकथामकालागि घर बाहिर ननिस्किनकालागि चैत्र ११ गते देखि बैशाख १५ गतेसम्म बन्दाबन्दी (लकडाउन) लागु गरेको भएपनि सर्वसाधारणहरु लकडाउनको वास्तानगरी ठुलो संख्यामा खोला र जङ्गलमा भरिभराउहुने गरेको छाँयानाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बिष्णुकुमार भामले बताउनुभयो ।

दिनहु ठुलो संख्यामाखोला र जङ्गलमा नजान माईकिङ्ग गरेर सर्वसाधारणलाई जानकारी गराउँदा गराउँदै पनि अटेर गरेर खोला र जङ्गलजाने गरेका छन । अब वडा स्तरमा पाँचजना सम्मको स्वयंसेवक टिम बनाई माछा मार्न र जङ्गल जानेहरुलाई रोक लगाउने र यदी लकडाउन बिपरित गरेको पाईए जरिवाना समेत तोक्ने ब्यवस्था गरिने छाँयानाथ रारा नगरपालिका १ का वडा अध्यक्ष लोकबहादुर हितानले बताए ।

प्रतिक्रिया दिनुहोस