चैत्र ०७, काठमाडौं । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्ह पछि पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ।बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी र पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ। महाशाखाले पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध समेत गरेको छ ।