• २०८० असोज ४ गते बिहिवार

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ८, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् ।

उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस