• २०८२ जेष्ठ ३ गते शुक्रवार

ओली-प्रचण्डबीच भेटवार्ता, सञ्चारमन्त्रीको अडियो प्रकरणबारे छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको स्रोतले बताएको छ । ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ कुराकानी भएको बालुवाटार स्रोतले बतायो ।

बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा छन् । उनी बिहीबार बिहान काठमाडौं फर्किँदैछन् ।

प्रतिक्रिया दिनुहोस