माघ ६, काठमाडौं । फोहोर बोक्ने गाडीको ज्यादती बढिरहेको समाचार दिनानुदिन आइरहदा आज फेरी ठुलो दुर्घटना टरेको छ । काठमाडौंको फोहार बोक्ने गाडीले तारकेश्वर नगरपालिका वडा नं ५ मुड्खुमा मोटरसाइकललाई ठक्कर दिएको छ । तारकेश्वर नगरपालिका वडा नं ३ का रेशमलाल तामाङलाई फोहोर बोक्ने मिनि ट्रिफरले ठक्कर दिएको हो ।
तारकेश्वर नगरपालिका वडा नं ३ ठुला गाउबाट बा. २६ प ७८२ को मोटरसाइकलमा बालाजु आउँदै गरेका लामालाई बा. ३ क १६२७ को फोहोर बोक्ने मिनि ट्रिपरले पछाडीबाट ठक्कर दिदाँ लामा सामान्य घाइते भएका छन भने मोटरसाइकलमा क्षती पुगेको महानगरिय प्रहरी वृत बालाजुका प्रहरी निरिक्षक राजकुमार शाहीले जानकारी दिनुभयो ।
फोहोर बोक्ने गाडीको ज्यादतीले समय समयमा स्थानियले ज्यानै गुमाउन पर्ने गरेको घटना भईरहदा पनि फोहोरको गाडी चलाउने चालकहरु संवेदलशिल नभएको गुनासो स्थानियहरुको रहेको छ ।