• २०८१ बैशाख १३ गते बिहिवार

खत्रीको टिफर दुर्घटनाबाट मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

माघ ६,उदयपुर । उदयपुर कटारी नगरपालिका २ खोक्सा बस्ने २२ बर्षीय भुपेन्द्र खत्रीको टिफर दुर्घटनाबाट मृत्यु भएको छ ।

हिजो दिउँसो पउने २ बजे उदयपुरगढी गाउँपालिका ७ जोगिटोल स्थितमा नेपालटारबाट गाईघाट तर्फ आउदै गरेको ना ५ ख ४५१० नम्बरको टिफर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही टिफरका चालक भुपेन्द्र खत्री गम्भिर घाईते भई उपचारार्थ नोबेल अस्पताल बिराटनगर ल्याएकोमा उपचारको क्रममा खत्रीको राती पउने १० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस