• २०८१ बैशाख १३ गते बिहिवार

मोटरसाइकल चोरी गर्ने भूपाल राई पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

माघ ६,विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ का ४२ वर्षीय भूपाल राईलाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीको घटनामा प्रहरीले चलाएको चोरी मुद्दामा राईलाई जिल्ला अदालत मोरङले २०६८ साल वैशाख ८ गते एक महिना कैद र ८० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि राई फरार थिए । त्यो समयदेखि वैदेशिक रोजगारीका लागि कतार गएका राई अहिले विदामा आएका बेला पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले राईलाई पक्राउ गरेर सोमबार अदालतमा बुझाएको छ । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस