माघ , ६ काठमाडौँ । आज प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै आज बैठक बस्ने निश्चित भएको हो । यसअघि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा सूचना टाँसेर स्थगित हुँदै आएको थियो ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउनु हो । सत्तारुढ नेकपाले हिजो सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तत्कालीन नेकपा एमालेबाट उपसभामुख निर्वाचित डा. शिवमाया तुम्बाहाङ्फेले पनि आज राजीनामा दिने नेकपाले जनाएको छ ।