पौष ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुग्नु भएके छ । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न जानु भएको हो ।
ओली र प्रचण्डबीच भेटवार्ता चलिरहेको बेला पछि नेकपा उपाध्यक्ष बामदेव गौतम पनि मिसिएका थिए । पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएको भोलिपल्टै ओली प्रचण्डलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ ।