• २०८१ पुष २९ गते सोमवार

सन्दीपले बीबीएल खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग ९बीबीएल० को दशौँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन् । होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो ।

यसअघि सन्दीपले मेलवर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् र होबार्ट उनको दोस्रो टिम हो । सन्दीपले यस अघि बीबीएलको दुई सिजन खेल्दा २० खेलमा २६ विकेट लिएका छन् । सन्दीपले होबार्टबाट खेल्न पाउनु सम्मान भएको बताएका छन् । ‘बीबीएल १० को लागि होबार्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको छु । अष्ट्रेलियामा मैले सधैँ माया र सम्मान पाएको छु,’ सम्झौतापछि २० वर्षे सन्दीपले भनेका छन्, ‘म ब्लन्डस्टोन एरिनामा खेल्नका लागि थप कुर्न सक्दिनँ ।’

प्रतिक्रिया दिनुहोस