कार्तिक ३, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३८८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा२०८ , भक्तपुरमा ९९ र ललितपुर २८२ गरी २३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ३७ सय ९० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ । मन्त्रालयका अनुसार आज २३ सय ३५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९४ हजार ५ सय १ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय ५७ जना पुगेको छ ।