• २०८२ जेष्ठ ३ गते शुक्रवार

काठमाडौँ उपत्यकाका ११ ठाउँमा यात्रु सहायता कक्ष

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३ काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ११ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भइरहेका छन् । टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ तथा सिप्रदीयन सहायता संस्थाले ट्राफिक प्रहरी, नाडा र यातायात व्यवस्था विभागको सहकार्यमा उपत्यकाका विभिन्न ११ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।

 

 

चाडपर्व र अहिलेको कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सहायता कक्षमा बस्ने ट्राफिक प्रहरी र कर्मचारीलाई स्यानिटाइजर, मास्क, फेस भाइजर र डिस्इन्फेक्ट समेत दिएको छ । दशैँमा काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने यात्रुका लागि यात्रामा सहज वातावरण बनाउन र उनीहरुलाई परेका समस्या छिटो समाधान गर्न सहायता कक्ष स्थापना गरिएको सिप्रदीले जनाएको छ ।

यात्रुले टिकट बुकिङ्ग गर्न समस्या भएमा, तोकेको मापदण्डभन्दा बढी भाडा लिएमा वा बस चढ्ने बेलामा समस्या भए सिधैं सहायता कक्षमा सम्पर्क गर्नसक्छन् । उनीहरुले ट्राफिक प्रहरीको पैसा नलाग्ने टेलिफोन नम्बर १०३ मा फोन गरेर पनि गुनासो टिपाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस