• २०८१ मङ्सिर २४ गते सोमवार

२८९ जना कैदीको सजाय मिनाहा गर्न समाजवादी पार्टीदव्रा गृह मन्त्रालयलाई सिपारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २ ,काठमाडौँ। नेपाल सरकारले विभिन्न कारागारमा रहेका २८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।पाँचौ संविधान दिवसको अवसर पारेर सरकारले देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र जघन्य अपराधको सूचीमा नपरेका २८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न सिफारिस गरेको गृह मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

शनिबार संविधान दिवस–२०७७ मनाइँदै छ । हरेक वर्ष संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैदीलाई सजाय मिनाहा गरिदै आएको छ । गृह स्रोतले दिएको जानकारी अनुसार व्यक्ति हत्या र आगजनीको कसुरमा अदालतबाट दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरीको सजाय माफी दिन जनता समाजवादी पार्टी ९जसपा०ले गरेको लिखित आग्रहलाई सरकारले अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस