• २०८१ चैत्र २ गते आइतवार

पाईलट हुँ भनि महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गर्ने मानिस पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौं । बिगत १ बर्ष अगाडी देखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई आफुलाई नेपाल एयर लाइन्सको पाइलट हुँ भनि प्रलोभनमा पारी महिलाहरुको साथमा रहेको सुनको गर गहनाहरु लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, नामटार- २ घर भई हाल काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा न.पा. वडा नं. ८ बस्ने बर्ष २३ को रोहिन जंग शाह भन्ने रबिन सुनुवारलाई मंगलबार उसकै डेराकोठावाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले केही महिलाहरुबाट अन्दाजी ११ तोला बाराबरको सुनका गहनाहरु र २ थान मोबाईल सेट समेत लुटपाट गरेको खुल्न आएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर, काठमाडौका प्रवक्ता प्र.उ. सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस