भदौ ३,प्यूठान। स्वर्गद्वारी नगरपालिका–७ सोत्रेमा जंगली जनावर बदेँलको आक्रमणमा परी एक जना घाइते भएका छन्।आफ्नै घर पछाडी रहेको बारीमा मकै हेर्न गएका स्थानीय ३६ बर्षीया युवराज खत्रीलाई बुधवार बिहान बदेँलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।बदेंलको आक्रमणबाट घाईते खत्रीलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले बताएको हो।
ईलाका प्रहरी कार्यालय भिंगृका प्रहरी सहायक निरिक्षक एकराज खड्काका अनुसार घाईते खत्रीलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार गरेपछी भैरहवा पठाईएको हो।