• २०८१ जेष्ठ ३१ गते बिहिवार

अछामको रामारोशनमा बाढीले बगाएर १७ बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, अछाम  । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता भएको छ ।उक्त गाउँपालिकाकी उपाध्यक्ष सरस्वतीको अनुसार रावलबाढीले बगाएका ४ जनाको शव फेला परेको छ भने बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको उपाध्यक्ष रावलले बताइन् ।

बाढीले २२ घर बगाएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको उद्धार टोली जाँदै छ ।

प्रतिक्रिया दिनुहोस