भदौ ३,बाजुरा । बाजुरामा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ का मीन बहादुर बुढाकी ३ वर्षीया छोरी सुमीका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको हो । उनकी ५ वर्षीया दिदी विनिता बुढा र ६५ वर्षीया हजुरआमा नन्दादेवी बुढा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै बाजुरामै बढीगाढ र धुपे खोलामा आएको बाढीमा बगेर अर्की एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा गाउँपालिका ६ की ७५ वर्षीया धिनु लुहारको मृत्यु भएको हो ।