• २०८१ असार ९ गते शनिवार

मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती मनाइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।


विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उहाँ परलोक हुनुभएको थियो ।भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुभयो ।

नेपालमा छापाखाना भित्राएको श्रेय समेत उहाले नै पाउनुभएको छ । उहाका‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’,‘गजेन्द्रमोक्ष’,‘प्रह्लाद भक्ति कथा, ‘पिकदूत’,‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुनुहुन्छ ।आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी उहाले नै विसं १९४१ मा प्रकाशन गराउनुभएको थियो । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस