• २०८१ माघ ८ गते मङ्गलवार

उपप्रम पोखरेलद्वारा राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३,काठमाडौँ । १०१ वर्षको उमेरमा मंगलवार निधन हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।उपप्रधानमन्त्री पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्माम व्यक्त गर्नुभएको हो । राष्ट्रकवि घिमिरेको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत राष्ट्रका विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौँको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । १०१ वर्षका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै अक्सिजन दिएर राखिएको थियो । राष्ट्र कवि घिमिरे स्वास प्रश्वास समस्या देखिएपछि उहाँ विगत चार महिनादेखी आफ्नै निवासमा अक्सिजन दिएर घरमा नै उपाचार गरिरहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस