भदौ ३, पर्सा । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ४६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालक देखि ७० वर्षका वृद्ध पुरुष रहेका छन् ।मंगलबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ८ जना, पर्सा जिल्लाका १ सय ३८ जना र सप्तरी जिल्लाका १ जना सहित थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका ९० जना रहेका छन् । निराभवानी गाँउपालिका वडा नम्बर २ र ३ का ४ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ निवासी २० बर्षकी युवती रहेकी छिन् । त्यसैगरी बारा जिल्लाका विभिन्न ठाउँका ४ जना र सप्तरी जिल्ला वडा नम्बर २ निवासी १८ बर्षका युवकमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।