• २०८१ माघ ८ गते मङ्गलवार

संघिय सरकारको अनुगमन, नेपाली काँग्रेसको राहत

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : ३ मिनेट

भदौ ३, बाजुरा । श्रावण २५ गते राती बुढीगंगा नदिमा आएको बाढीले प्रभावित बनेका क्षेत्रको संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा बाजुरा आएको टोलीले हिजो अनुगमन ग¥यो । बाढी प्रभावित क्षेत्रमा अनुगमन गर्ने क्रममा मन्त्रीको टोली नेपाली सेनाको हेलिकप्टर मार्फ बडिमालिका नगरपालिका २ घागरमा पनी पुग्यो ।
घागरका कतिपय स्थानीयहरु अहिलेसम्म पनी पाल टाँगेर बस्न बाध्य छन् । उनिहरुका घर २५ गते राती आएको बाढीले बगाएर लगिसके । त्यहाँका कतिपय घर अँझै बाढीको उच्च जोखिममा रहेका छन् ।
गृहमन्त्रीको टोली हेलिकप्टर मार्फत घागरमा पुग्दा त्यहाँका स्थानीमा आशा जाग्यो किनकी उनिहरुले सोचे सरकार हाम्रेै साथमा रहेछ अब हाम्रो केही ब्यबस्थापन गर्छ या राहत दिएर जान्छ । केही बेरमा त्यहाँ हेलिकप्टर अवतरण भयो र मन्त्री सहितको टोली पनी निस्कियो । मन्त्रीको टोलिले राहत ल्याएर हाम्रो घर आगनमा आएका हुन् भन्ने स्थानीयले आश गरीरहेका थिए । मन्त्रीको टोलीले केही समय उक्त ठाउँमा भएको क्षेतिको अवलोकन ग¥यो र अन्त्यमा गृहमन्त्रीले भन्नुभयो यो ठाउँको लागी हामी छिट्टै केही राहतको ब्यबस्था गर्नेछौं ।
त्यहाँका स्थानीयमा पलाएको आश मर्दै गयो । राहत ल्याएर आएको हुन सक्छ भनेर जम्मा भएका स्थानीयहरु पनी आ–आफ्नो स्थान तर्फ लाग्यो । कसैले त हेलिकप्टर नउडुन्जेल सम्म सोचीरहे कतिखेर हामीलाई राहत बितरण गर्छन् । केही बेरमा हेलिकप्टर उड्यो स्थानीय सबैमा पलाएको आस म¥यो ।
संघिय सरकार मन्त्रीकै टोली बाढी प्रभावित क्षेत्रमा पुगेर आश्वाशन मात्रै दिनु त्यहाँका स्थानीय निराश भएका छन् । उक्त टोलीमा नेपाली सेनाको हेलिकप्टरमा नेपाल सरकारका गृगमन्त्री रामबहादुर थापा, बाजुराबाट प्रतिनिधी सभामा प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामीला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, पुर्ब उद्योग मन्त्री तथा नेकपा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, नेपाल सरकारका गृहमन्त्रीका स्वकिय सचिव किरण भट्टराई लगायत अनुगमन टोलिमा सहभागी रहनु भएको थियो ।
सोही ठाउँमा पुगेर हिजो नै नेपाली कांग्रेस बडिमालिका नगरकार्य समितीद्धारा विस्थापित भएका परिवारको घरमा पुगी राहत बितरण गरिएको छ । साउन २५ गते राति आएको अभिरल बर्षा संगै आएको बाढिलेपहिरोले विस्थापित भएका परिवारलाई हिजो राहत बितरण गरिएको नेपाली कांग्रेस बडिमालिका नगरकार्यसमितीका कार्यबाहक सभापती धनलाल पाध्यायले बताउनु भएको छ ।
संघिय सरकारका गृहमन्त्री पुगेकै दिन नेपाली काँग्रेस बडिमालिका नगर कार्य समितीले सम्बन्धीत ठाउँमै पुगी राहत बितरण गरीएको हो । सोही ठाउँमा नेपाली काँग्रेसले राहत बितरण गरेर गयो संघिय सरकारका गृहमन्त्रीको टोली आएर राहत दिने आश्वासन मात्रै दिएर जाँदा त्यहाँका स्थानीयले सरकारलाई गरेको आश समेत गुमाएका छन् ।
नेपाली काँग्रेस बडिमालिका नगर कार्य समितीले घागरका २१ परिवारलाई २१ कट्टा चामल र २१ पोका तेल राहत स्वरुप बितरण गरिएको नेपाल बिद्यार्थी संघ बाजुराका कार्यबाहक अध्यक्ष जनक थापाले जानकारी दिनुभयो ।
साथै काँग्रेसले वडा नम्वर ६ मा ६ कट्टा चामल , ६ पोका तेल, भौनेरा मा ६ कट्टा चामल ६ पोका तेल र राप्कामा २ कट्टा चामल र दुई पोका तेल गरि जम्मा ३६ कट्टा चामल र तेल वितरण गरिएको हो ।
नेपाली कांग्रेसको राहत बितरणमा नेपालिका काँग्रेस बाजुराका सभापति कविराज पण्डित , नेपाली कांग्रेसका संगठन विभाग प्रमुख धनराज पण्डित , पुर्व पाटी उपसभापती देववहादुर रोकाया , नेपाल महिला संघ बाजुराका अध्यक्ष अमृता सिहं बडिमालिका नगरपालिका नगर उपप्रमुख कविता विष्ट, वडा नं ८ का वडा अध्यक्ष प्रकाश रावल , नेपाल विद्यार्थी संघ बाजुराका कार्यपाहक अध्यक्ष जनक थापा, वडा नं २ का नेता गोपाल कार्की लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस