• २०८१ माघ ११ गते शुक्रवार

आफ्नै भान्जाको अपहरण पश्चात हत्या गर्ने अभियुक्त १३ बर्ष पछी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ४, काठमाडौं । नेपाल प्रहरीले आफ्नै भान्जाको अपहरण पश्चात ह’त्या गर्ने अभि’युक्त १३ बर्ष पछी प’क्राउ गरेको छ । फरार राजेश कुमार गुप्ताको खोजतलाशको क्रममा मिति २०७७ साउन ०३ गते सर्लाही, मलंगवा-०८, गोरखकालीबाट अपराध महाशाखाको टोलीद्वारा पक्राउ गरेको हो ।

भारत बिहार राज्य सितामणी जिल्ला मुझफरपुर स्थायी घर भई काठमाडौं म.पा. २२ खिचाँपोखरी बस्ने राई स्कुल जोरपाटीमा कक्षा-७ मा अध्ययनरत वर्ष ११ को रोहित गुप्तालाई आफनै मामाले २०६४ असोज २४ गते ह’त्या गरेका थिए । २०६४ असोज २४ गते बेलुका ५ बजेको समयमा घरबाट बाहिर निस्केकोमा राती ८ बजे समयमा अपरिचित व्यक्तिले टेलिफोन गरी मृ’तकको बाबु बासुदेब गुप्तासँग छोरा अपहरणमा परेकोले रू.२,५०,००० (दुई लाख पचास हजार) फि’रौती रकम दिएमा मात्र छोरा छाड्ने जानकारी गराएको तर फिरौती रकम प्राप्त भए पश्चात पनि बालक अप’हरण मुक्त नभएको र खोजतलासका क्रममा मिति असोज २७ गते बेलुका ८ः१५ बजेको समयमा काठमाडौं म.न.पा. ३२, कमलादी स्थित गणेश मन्दिर नजिक सडक पेटिमा प्लास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा ला’स फेला परेको थियो ।

अनुसन्धानको सिलसिलामा बालक आप’हरण तथा ह’त्याको योजनाकार सहोदर मामा राजेश कुमार गुप्ताले काठमाण्डौं खिंचापोखरीमा कोठा भाडामा लिई निजको पसलमा पहिले काम गर्ने धादिङ घर भएको विष्णु सुनार समेतको संलग्नतामा जादु सिकाउने बाहानामा बोलाई उक्त गोप्य कोठामा लगी दुबै हात पछाडी लगी माईला भन्ने बिष्णु सुनारले नाइलनको डोरिले घाँटिमा बाँ’धी कस्दा रोहित गुप्ता चिच्याउन लाग्दा राजेश गुप्ताले रुमालले मुख थुनी दुबै जनाले घुडा समेतले थिचेर बालक रोहितको ह’त्या गरेको खुल्न आएको थियो । घ’टना पश्चात उनिहरूले मृ’तकको वुवासँग फिरौती वापत रू. २ लाख माग गरी उक्त रकम राजेशले नै लिई थानकोट त्रिभुवन पार्क लिई गएको र अपरिचित व्यक्तिहरू ट्याक्सीमा आएर सो रकम लिएर गएको भनी राजेश गुप्ताले मृ’तकको वुवालाई बहाना बनाएका थिए । उनिहरुले बालकको हत्या पश्चात ला’शलाई बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनी कमलादी गणेशस्थान नजिक सडकमा फ्याक्न लगाएका थिए । त्यस पश्चात मृ’तकको वुवा बासुदेव गुप्तालाई समेत झुक्यानमा पारी राजेश गुप्ता उनिसँगै बसी प्रहरी कार्यालयमा गई केही समयसम्म खोजतलाश गरेको बहाना समेत गरी केही समय पश्चात फरार रहेका थिए ।

घटनामा संलग्न बिष्णु सुनार २०६४ मंसिर १२ गते पक्राउ परी हाल कारागारमा रहेको छन ।

प्रतिक्रिया दिनुहोस