श्रावण ४, प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । शनिबार राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।
मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको हो । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन ।
ट्र्याक्टरमा आठ सवारमध्ये एक जना मात्र बाचेको प्रहरीले जनाएके छ । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।