• २०८१ माघ ९ गते बुधवार

सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ४, रौतहट । शनिबार रौतहटमा सौतेनी आमाको कु’टपि’टबाट छोराको मृ’त्यु भएको छ । स्थानीय देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा सौतेनी आमाको कुटा’इबाट छोराको मृ’त्यु भएको हो ।

आफ्नो छोरालाई पिटेको निहुमा स्थानीय गणेश शहनिको श्रीमति २० बर्षीया फुलवादेवि शहनीले सौताको छोरा ५ बर्षीय कृष्ण शहनिलाई शुक्रबार सांझ मर’णासन्न हुनेगरी कु’टपिट गरेको थिइन् । ग’म्भीर चो’टपटक लागेका ५ बर्षिय नाबालक कृष्ण शहनीको उपचारको क्रममा सुकदेव चौकीस्थित नेपाल तराई अस्पतालमा मृ’त्यु भएको हो ।

यसैबीच कुटपिट गर्ने सौतेनी आमा फुलवादेवी शहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक नाबालकको श’व पोष्ट’मार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस