• २०८१ साउन १ गते मङ्गलवार

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौँ । आज नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको नयाँ पिँढीले देश विकास गर्ने बताउनुभएको छ । उहाँले आजको सरकार युवा, स्काउट, बालवालिकाहरुको साथमा रहेको उल्लेख गर्दै आफु जहिले पनि आम युवा, विद्यार्थी तथा नेपाली जनताको साथमा रहेको बताउनुभएको हो ।

बालबालिका तथा युवाहरुमा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भवनाको विकास गराई उनीहरुलाई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा बिसं २००९ ९सन् १९५२० मा स्काउट अभियानको सुरुवात भएको थियो । नेपालमा विभिन्न मानवीय सेवा मार्फत नेपाल स्काउटको उत्साहजनक सांगठनिक विस्तार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस