जेष्ठ ६, रोल्पा । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जनाउनु भयो ।
काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए । ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा. घर्तीले बताए ।