• २०८१ माघ २ गते बुधवार

कर्णाली प्रदेशमा पनि देखियो कोरोना संक्रमण

कर्णाली प्रदेश ब्युरो पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा पुनस् परीक्षण गरिएको थियो । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । भारतको आगराबाट फर्किएका संक्रमित युवा जेठ १ गते गाउँ आइपुगेका थिए । भारतले रेल सेवा सुरु गरेसँगै कर्णालीबासी पनि धमाधम फर्किन थालेका छन् । भारतका विभिन्न क्षेत्रबाट मानिसहरु कर्णालीमा भित्रिने क्रम बढेपछि कर्णाली प्रदेशमा जोखिम बढेको छ ।

वडा नै गरियो सिल
भारतबाट आएका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि आठबीस नगरपालिका–१ सात्तलालाई पूर्ण रुपमा सिल गरिएको छ । भारतको आगराबाट आई लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसिरहेका बेलामा एक जनामा कोरोना संक्रमण देखिएपछि वडा नै सिल गरिएको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस