• २०८० फाल्गुन १० गते बिहिवार

पुन क्वारेन्टाईनमा राखिएको भन्दै आपत्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ७, नेपालगञ्ज । नेपालगञ्जको दशगजास्थित क्वारेन्टाईनमा बसेकाहरुले आफुहरुको स्वास्थ्य परीक्षण भई घर जान तयार परेको अवस्थामा पुन क्वारेन्टाईनमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।

क्वारेन्टाईनमा बसेको २१ दिन पुग्नेबित्तिकै सेनिटाईजरसहित निशुल्क रुपमा सुरक्षित साथ घरमा पुगाउने ब्यवस्था हुनुपर्ने उनीहरुको माग रहेको छ । क्वारेन्टाईनमा बसेका १८१ जनाको मागपत्र आईतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रदेश सांसद कृष्ण केसी पनि सहभागि हुनुभएको थियो । सो अवसरमा प्रमुख राणाले क्वारेन्टाईनमा बसेका बासिन्दाको पीडालाई गम्भिरतापूर्वक लिन संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस