• २०८२ जेष्ठ २ गते बिहिवार

इन्जिनियर सुरेश राज भट्ट दुईलाख घुस रकमसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, बैतडी । जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन, बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेश राज भट्ट रू.२,००,००० रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन ।

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेश राज भट्टले चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेका थिए । घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले उनलाई घुस बापतको रकम रू.१,००,०० लिइसकेको अबस्थामा र स्रोत नखुलेको रकम रू.१,००,००० गरी जम्मा रकम रू.२,००,००० रकमसहित सहित निजकै कार्यालय स्थित निवासबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले खबर24नेपाललाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस