• २०८० असोज १७ गते बुधवार

संघीय गणतन्त्र जनताको सुख सुविधाको लागि आएन : नगरप्रमुख खड्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ७,दैलेख । संघीय गणतन्त्र जनताको सुख सुविधाको लागि आए पनि राम्रो काम हुन नसकेको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले स्वीकार गरेका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा आज दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा सबैको इमान्दार र सकारात्मक प्रयास अझैं आवश्यक रहेको उनले बताए ।

जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुपर्ने, स्थायी सरकार मानिएको कर्मचारी संयन्त्र सेवा प्रवाहमा तत्परता र जनतामा पनि इमान्दिारिताको खाँचो रहेको नगरप्रमुख खड्काले टिप्पणी गरे । नेपाली काँग्रेसका जिल्ला नेता मणिराम रेग्मीले शहीदहरुको बलिदानीबाट प्राप्त बहुदलीय प्रजातन्त्रको स्थापना पछि मात्र अहिलेको राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै प्राप्त उपलब्धीलाई रक्षा गर्न राजनीतिक दल र जनप्रतिनिधिहरुमा इमान्दारिताको खाँचो रहेको बताए ।

कार्यक्रममा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली, जनउत्तरदायी प्रशासन र विधिको शासन पद्धतिले प्रजातन्त्रको जगलाई बलियो बनाउन बताउदै परिवर्तनको प्रतिफल साधारण जनतालाई दिलाउन आवश्यक रहेको बताएका छन् । नेपाली सेनाको व्याण्ड बाजा सहित व्यानर र प्लेकार्ड सहित नगर परिक्रमा गरी जिसस सभाहलमा पुगेर औपचारिक समारोहमा गरिएको थियो । राजनीतिक स्वतन्त्रताको प्रत्याभूती दिइएको भनिएको प्रजातन्त्र दिवसको ¥यालीमा राजनीतिक दलका नेता, कार्यकर्ता र जनप्रतिनिहरुको उपस्थिति निकै न्यून थियो ।

प्रतिक्रिया दिनुहोस