• २०८१ फाल्गुन ७ गते बुधवार

गाग्रि सम्मेलनको अन्त्य ग¥यौं : अध्यक्ष बम

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

फागुन ७, कालिकोट । कर्णाली प्रदेश अन्तर्गतको एकदमै विकट मानिने हिमाली जिल्ला कालिकोट र कालिकोट जिल्लाको पनि एकदमै बिकट मानिने एक गाउँपालिका हो पलाँता गाउँपालिका । नयाँ संरचना अनुसार साबिकका ३ गा.बि.स. खिन,थिर्पु र धौलागोह मिलाएर हालको पलाँता गाउँपालिकाको निर्माण गरिएको छ र यस गाउँपालिकालाई जम्मा ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल ३१८.८४ वर्ग कि.मि. हेको छ । पलाँता गाउँपालिकाको कुल जनसङ्ख्या १५३०३ रहेको छ। कालिकोटको नमुना गाउँपालिकाका रुपमा रहेको यस पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमसँग खबर24नेपाल डटकमका संवाददाता जितेन्द्र थापाले गरेको कुराकानी :

१. तपाइ निर्वाचित भएर आइसकेपछि पलाता गाउपालिकाका मुख्य उपलब्धिहरु के के भएका छन् ? के छन् आगामी याजनाहरु ?
पलाता गाउपालिकामा विकाश निमाणको सुरु सुन्य पैन्टबाट हामीले सुरु गरेका थियौ । सुन्य पैटबाट सुरु गरेको विकाश शिक्षाको क्षेत्रमा असाध्यै राम्रो भएको छ । पहिले चार पाँच कक्षामा गएकाहरु क ख नचिन्नेहरु पनि अहिले क ख जान्न थालेका छन् राम्रोसङग पढन चिन्न सक्ने गरेका चै छौ । धरलो माटोमा पढ्नुपर्ने बाध्यता हटाएका छौ । उचित सौचालयको व्यवस्था, खानेपानिको व्यवस्था, विद्यालयमै सेनेटरि प्याडको व्यवस्था सम्म शिक्षातिर गरेका छौ र स्वास्थ्यमा सिटामोलसम्म नपाएर सधै महामारि फैलने पलाँता गाउँपालिकाबाट त्यो महामारिलाइ टाढा बनाएका छौ । झाडापखालाको अन्त्य गरेका छौ । प्रत्यक वडामा स्वास्थ्य सस्था स्थापना गरेका छौ । १५ सैयाको अस्पतालको काम अन्तिम चरणमा पुगेको छ १ गतेवाट औपचारिक सेवा सुचारु गदै छौ ।

विकाश निर्माणको सन्दर्भमा थुप्रै बिकटतासङ्ग लड्नु पर्ने एउटा चुनौति छ । विकतासङग लड्नु पर्ने चुनौति छ । समाजमा हिजोको परम्परा शैलीसङग लड्नुपर्ने चुनौति छ । अर्को परिर्वतन गरेको देख्न नचाहनेहरुसङग लड्नुपर्ने चुनौति छ ।

२. खानेपानिको सन्दर्भमा के छ अबस्था गाउँपालिकाका सबै वडाहरुमा पानी पुगेका छ त ?
पहिले पलाता गाउपालिकामा खाने पानीको लागि गाग्रि सम्मेलन हुन्थ्यो सधै नाउलाको पानि खानु पर्ने बाध्यता थियो रातभरि कुरेर नाउलाको पानी पिउन पर्ने बाध्यता थियो अहिले हामी आइसकेपछि त्यो बाध्यता हटेको छ । हामी आएको एक वर्षभित्र हामीले त्यो गाग्रि सम्मेलनको अन्त्य गरेका छौ । र अहिले मिटरसहितको धारा घरघरमा वितरण गर्दै छौ । सबै वडामा आरभिटिहरु बनेर पानि झारिसकेका छौ एघार सय घरधुरिमा मिटर जोडिसकेका छौ ।

३. विधुतको अबस्था कस्तो छ ?
विधुतको क्षेत्रमा अहिले हामीले पाँच वडा वडाको प्रत्यक घरमा विजुलि बालिसकेका छौ ,। चारवटा आयोजनामा २५० वाटको विधुत उत्पादन गरेका छौ । एउटा १०० वाट ,एउटा ७० वाट, एउटा ३२ वाट, एउटा २३ किलोवाट र १७ वाट गरेर २५० वाट विधुत उत्पादन गरेका छौ भने पाचवटा वडामा सञ्चालन र अन्य वडाहरुमा विधुतका लाइनहरु विस्तार गरिरहेका छौ । अब वैशाखभित्र सबैको घरमा बत्ति बाल्ने गरेर काम गरिरहेका छौ ।

४. गाउँपालिकामा कृषिको अबस्था के छ ?
कृषिको सन्दर्भमा प्रत्येक वर्ष हामीले एक लाख विरुवा वनतिर र एक लाख फलपुलका विरुवाहरु अनिवार्य विक्षारोपण गर्ने अभियान लिएका छौ ।

५. पलाँता गाउँपालिकाका समृद्धिका आधरहरु के के हुन सक्छन् र के के छन् आगामी योजनाहरु ?
पलाताको समृद्धिको आधार भनेको शिक्षा, स्वास्थ्य, विधुत, यातायात, कृषि र वनजङगल नै हुन । यि कुराहरुलाइ स्तरोन्नति गदै ,निर्माण कार्यमा दिगोपना दिदै गुणस्तरिए संरचना तयार गदै जाने हो भने हाम्रो समृद्धिको आधार यिनै हुन र यस्मा सबैको समान पहुँच ,सहज पहुँच, गर्ने खालको वातावरण सिर्जना गरयौ भने हाम्रो समाजवादको आधार पनि यहि हो भनेर हामी लागिरहेका छौ । यसरि हामीले दुइटै कोणबाट बहस समृद्धिमा दिगोपना र समाजवाद हुदै साम्यवादसम्म पुग्ने दुइवटा कुरामा बहस चलाएर कसरि जानुपर्छ भनेर बहस चलाउदै विकाश निर्माणको गति अगाडि बढाएका छौ । भौतिक विकाश सङसङै सामाजिक विकाश पनि अगाडि लगिराखेका छौ ।

६. तपाइको पाँचवर्षिय कार्यकाल सक्दै गर्दा गाउपालिका कस्तो बन्ने छ र गाउपालिकालाइ त्यहाका जनताले कस्तो अनुभुति गर्नेखालको बनाउनुहुन्छ ?
मैले अपेक्षा गरेको पलाँता गाउँपालिका हिजोको विकट भनिने गाउपालिका, हिजोको दुर्गम भनिने गाउँपालिका ,जो कि हिजो कुनै पनि विकाश नभएको मानिसहरु बस्ने गाउँपालिकाबाट टाढा हुदै त्यसको अन्त्य गदै समृद्धि सहितको गाउँपालिका समाजवाद उन्मुख गाउँपालिका चिनाउने मेरो लक्ष्य छ र म त्यो लक्ष्य पुरा गर्ने छु ।

७. विकाश निमार्णका सिलसिलामा कस्ता खालका चुनौतिहरुको सामना गर्नुपरेका छ ?
विकाश निर्माणको सन्दर्भमा थुप्रै बिकटतासङ्ग लड्नु पर्ने एउटा चुनौति छ । विकतासङग लड्नु पर्ने चुनौति छ । समाजमा हिजोको परम्परा शैलीसङग लड्नुपर्ने चुनौति छ । अर्को परिर्वतन गरेको देख्न नचाहनेहरुसङग लड्नुपर्ने चुनौति छ । हामीले विकाश निर्माण गरेको देख्दा देख्दै पनि सामान्य कुरामा त्यो भोलिको दिगोपना हो यो एक सय वर्ष टिक्ने संरचना बनाएको छ भनेर थाहा पाउदा पाउदै पनि राम्रो नदेखोस भनेर भ्रम फैलाउनका लागि,गाउँपालिकाको लोपप्रियमाथि, सञ्चालन गर्ने व्याक्तिको लाकप्रियतामाथि निरन्तर हमला भइराखेको छ । त्यो हमला माथि हामीले संघर्ष प्रतिवाद बाध्यता नै छ । अर्को तर्फ माटो पल्टाउनु पर्ने बाध्यता छ र अर्कोतर्फ ति विरोधिका प्रतिक्रिया र टिप्पण्हिरुलाई पल्टाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस